- बिहीबार एकता घोषणा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् ।
काठमाडौं : आज एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ ।
बिहीबार एकता घोषणा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् ।
एकता घोषणा पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पुनःगठन अभियानका संयोनक घनश्याम भुसालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरु कम्युनिष्ट आन्दोलनप्रति गौरव गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपालको आधुनिक राजनीतिकमा योगदान गरेको एउटा शक्ति भन्ने हो भने त्यो कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्ट पार्टी हो । त्यस अर्थमा केहीपनि इमान्दार कम्युनिष्टले लाज मान्नुपर्ने छैन् । गौरव गर्नुपर्नेछ । त्यस अर्थमा हामी जायज सन्तान हौ । आजको संविधान, लोकतन्त्रप्रति गौरव छ । कुनै हिच्किचाउनुपर्ने काम गरेको छैन ।’
उनले नयाँ क्रान्तिको युगमा प्रवेश गरेको कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक बुझ्न नसकेको बताए ।
उनले भने, ‘सामान्तवाद ढलिसकेपछि राजतन्त्र उन्मुलन भइसकेपछि नयाँ क्रान्तिको युगमा प्रवेश गरेका थियौं । नयाँ चरण सुरुवात भएको थियो । अब हाम्रा लागि समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक, समाजवादी संगठन यसका सिद्धान्तहरु चाहिएको हो । दुर्भाग्यवश हाम्रो नेतृत्वले त्यो कुरा बुझ्न सकेन । अरु पार्टी जस्तै पुँजीवादीसँग उठबस गर्न थाल्यो ।’
नेता भुसालले एकीकृत समाजवादी एमालेबाट विभाजन भएर कांग्रेस र माओवादीका पछि अल्मलिएर बसेको आरोप लगाए ।
पार्टी घोषणामा चुनाव चिन्ह हँसिया रहने र दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ ।
माक्र्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने सहमति भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।