निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौं:मन्त्री अर्याल
२०८२ मङ्सिर ११ विहिवार
- बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताएका हुन् ।
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनैपनि हालतमा निर्वाचन गराएर छोड्ने दावी गरेका छन् ।
बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताएका हुन् ।
उनले भने, ‘अहिले चुनाव हुन्छ कि हुँदैन् भन्ने आशंकाहरु छन् । खासगरी सुरक्षाको हिसाबले बाधाहरु नआएको होइन् आइराखेकै छन् । चुनावको वातावरण बन्ने तर्फ नै गएको छ । सबै दलले दल दर्ता गर्नुभएको छ । सरकारले जसरी पनि चुनाव गर्छ । त्यही ढंगले काम गर्छ । दलिय नभएर यो गैरदलिय सरकार भएकाले हामीले त्यही खालको भूमिका खेल्नुपर्छ । हाम्रो निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व छ ।’
त्यस्तै, उनले धेरै हतियार फिर्ता आइसकेको भन्दै फिर्ता भएका कतिपय जलेर कामै नलाग्ने अवस्थामा रहेको बताए । अहिले कति हतियार बाहिर छन् भन्ने कुरा सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न नमिल्ने बताउँदै उनले फिर्ता नभएकोमा केही जलेको र केही ठूला हतियार खोलामा बगाएको पनि हुनसक्ने आशंका व्यक्त गरे ।
‘अहिले हतियार बाहिर कति छन् भन्ने कुरा हाम्रो सुरक्षा सम्बन्धि प्रोटोकलले भन्न मिल्दैन् । धेरै जस्तो हतियारहरु फिर्ता भइसकेको छन् । फिर्ता नभएकोमा केही जलेको छन् र केही ठूला हतियार चाहिँ खोलामा बगाएको पनि हुनसक्छ ।’ उनले भने,
त्यस्तै, फरार कैदी मध्य गम्भीर अपराधमा संलग्नहरुको संख्या कम भएकाले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलीन्छ भन्ने पक्षमा सरकार नरहेको धारणा राखे ।
‘हत्यामा संलग्न अंगभंग यस्तो खालको गम्भीर अपराधमा संलग्नहरुको संख्या अलि कम नै छ । लागू औषध र जबरजस्तीकरणीको अलि धेरै छ । त्यसैले हतियार र कैदी बन्दीकै कारणले चुनाव विथोलीन्छ भन्ने पक्षमा हामी छैनौं ।’ उनले भने,
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
-
आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?
-
अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने साउदी अरबको चेतावनी
-
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
-
रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।