मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय

२०८२ मङ्सिर ०८ सोमवार
सारांश
  • सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए ।

काठमाडौं : नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।


सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए । 


त्यस्तै भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० बाट घटाएर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । 


उले भने,‘भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यो क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० रुपैयाँ प्रतिवर्गमिटर घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।’


त्यस्तै उनले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम इन्फ्रास्ट्रक्चररेगुलेसनको सदस्यता स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिए । 


साथै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्ने राहत दिने र सेवा दिनका लागि सञ्चालित हेल्प डेस्कमा मन्त्रालयको सचिव र उपसचिव बाहेक १० जनालाई राख्ने र चार महिनासम्म मासिक रुपमा १५ हजार रुपैयाँ दिने अर्को निर्णय भएको उनले बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार