जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमत
२०८२ मङ्सिर ०८ सोमवार
- जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालीबीच कार्यगत एकता भएको छ ।
काठमाण्डौ, ८ मङ्सिर । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालीबीच कार्यगत एकता भएको छ ।
आइतबार जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।
तीन नेताले आइतबार सहमतिपत्रमा हस्ताक्षर गर्दै फागुन २१ गते हुने निर्वाचनमा नाउपा नेपालले अहिले प्रयोग गर्दै आएको जाँतो (चक्रिया) चुनाव चिन्हलाई प्रयोग गर्ने सहमति भएको छ । साथै तीन दलले विचार मिल्ने दललाई पनि एकल चुनाव चिन्हमा सहमत हुन आह्वान गरेका छन् ।
सहमतिपत्रमा उल्लेख छ :
आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा भाग लिन सहमत भयौं । एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौं । साथै हामीसंग विचार मिल्ने अन्य पार्टीहरुलाई पनि एकल चुनाव चिन्हमा आउन आह्वान गर्दछौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’