विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
२०८२ मङ्सिर ०७ आइतवार
- आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए ।
विराटनगर: पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ ।
आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए ।
घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
विमानस्थलमा खटिएका प्रहरी अधिकृतका अनुसार आक्रमणको प्रयास भए पनि बस्नेतलाई कुनै प्रकारको शारीरिक क्षति पुगेको छैन । घटनापछि विमानस्थल तथा इटहरीस्थित कार्यक्रमस्थल दुवै ठाउँमा सुरक्षाव्यवस्था कडा बनाइएको छ ।
बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् । इटहरीमा दिउँसो १ बजे कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।