एमालेले गठन गर्‍यो ११औं महाधिवेशनका लागि विभिन्न समिति

२०८२ मङ्सिर ०५ शुक्रवार
सारांश
  • नेकपा एमालेले ११औं महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ ।

काठमाण्डौ, ५ मङ्सिर । नेकपा एमालेले ११औं महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ ।

 

विहिवारको सचिवालयको बैठकले प्रतिनिधि व्यवस्थापनका लागि संगठन विभाग प्रमुख काशीनाथ अधिकारी संयोजक र सोही विभागका सचिव माधव ढुंगेल सदस्य–सचिव रहेको प्रतिनिधि व्यवस्थापन समिति, उपमहासचिव प्रदीप ज्ञवाली संयोजक र बागमती प्रदेश इन्चार्ज राजन भट्टराई सचिव रहेको जनपरिचालन समिति गठन गरेको छ ।

 

त्यस्तै सचिव छबिलाल विश्वकर्मा संयोजक तथा लालबाबु पण्डित सचिव रहेको आवास व्यवस्थापन समिति, सचिव लेखराज भट्ट संयोजक र भीम अधिकारी सचिव रहेको खाद्य व्यवस्थापन समिति, सचिव गोकर्ण विष्ट संयोजक तथा रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, सचिव रघुवीर महासेठ संयोजक र महेश बस्नेत सचिव रहेको अतिथि सत्कार समिति बनाएको छ ।

 

सचिव पद्मा अर्याल संयोजक तथा राजेन्द्र गौतम सचिव रहेको प्रचारप्रसार समिति, भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेको स्वयंसेवक परिचालन समिति, विनोद श्रेष्ठ संयोजक तथा लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति, कृष्णगोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक तथा विनोद श्रेष्ठ सचिव रहेको आर्थिक समिति, महासचिव शंकर पोखरेल संयोजक, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव र योगेश भट्टराई सदस्य रहेको सचिवालय समिति बनाएको छ ।

 

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा संयोजक रहेको निर्वाचन संयोजन समिति गठन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार