- जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको बताएका छन् ।
रौतहट: बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ । नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो ।
जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको बताएका छन् ।
उनले शुक्रवार हुने वार्ताले स्थायी समाधान निकाल्ने विश्वास व्यक्त गरे ।वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी हुने भएका छन् । उनीहरू बिहीबार साँझ नै सिमरा आइपुगेका छन् ।
प्रहरीमा दर्ता भएको जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताए ।पक्राउ पर्नेमा जितपुरसिमरा–२ का ३८ वर्षीय अरविन्द साह, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमद्विन अन्सारी रहेका छन् ।
उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रजिअ मिश्रले बताए । घटनामा ६ प्रहरी र ४ जेन–जी युवा घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पटक–पटक कफ्र्यु आदेश जारी गरेको थियो । जेन–जी समर्थकहरूले आज (शुक्रवार) सम्मका लागि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । अहिले सिमराको जनजीवन सामान्य बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।