नवयुवाहरूद्वारा नेपाली कांग्रेसको सुधारका लागि ‘सुधार प्रस्ताव’ प्रस्तुत
२०८२ मङ्सिर ०४ विहिवार
- चिकित्सा, इन्जिनियरिङ, वकालत, प्रध्यापन, कलाकारिता, वित्तीय, आइटी, अध्ययन–अनुसन्धान, द्वन्द्व व्यवस्थापन, हस्पिटालीटी, समाज सेवा, कृषि लगायतका विविध व्यवसाय तथा उद्ययममा आ–आफ्नो क्षेत्रमा सक्रिय करिब एक सय प्रज्ञावान् नवयुवा तथा युवाहरूले आफ्ना बुझाइ र अनुभवहरूलाई ‘सुधार प्रस्ताव’ मार्फत महामन्त्रीद्वय शर्मा र थापासमक्ष प्रस्तुत गरेका हुन् ।
काठमाडौं: लोकतान्त्रिक विचारधाराप्रति आस्थावान विविध क्षेत्रका युवा÷नवयुवाहरूले नेपाली कांग्रेसको सुधारका लागि आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई ‘सुधार प्रस्ताव’ प्रस्तुत गरेका छन् ।
चिकित्सा, इन्जिनियरिङ, वकालत, प्रध्यापन, कलाकारिता, वित्तीय, आइटी, अध्ययन–अनुसन्धान, द्वन्द्व व्यवस्थापन, हस्पिटालीटी, समाज सेवा, कृषि लगायतका विविध व्यवसाय तथा उद्ययममा आ–आफ्नो क्षेत्रमा सक्रिय करिब एक सय प्रज्ञावान् नवयुवा तथा युवाहरूले आफ्ना बुझाइ र अनुभवहरूलाई ‘सुधार प्रस्ताव’ मार्फत महामन्त्रीद्वय शर्मा र थापासमक्ष प्रस्तुत गरेका हुन् ।
कात्र्तिक २९ गते काठमाडौंमा आयोजित ‘कांग्रेसको विचार’ विषयक कार्यक्रममा सहभागी नवयुवा÷युवाहरूबाट आएका सुझावहरू ‘सुधार प्रस्ताव’मा समेटिएको छ । यसका लागि प्रदीप गिरि इन्स्टिच्यूट र युथ कांग्रेस नेपालले संयोजन गरेका हुन् ।
‘सुधार प्रस्ताव’ बुझ्दै महामन्त्री थापाले नेपाली कांग्रेस एउटा पार्टीमात्र नभएर विचार भएको धारणा राखे । उनले नेपाली कांग्रेस पार्टी यहाँभित्र रहेका केही सदस्यहरूको मात्र नभएको भन्दै लोकतान्त्रिक र समुन्नत नेपाल चाहने हरेक नेपालीको भावनासँग जोडिएको बताए ।
‘सुधार प्रस्ताव’ मा समेटिएका सुझावहरूलाई पार्टीका कार्यबाहक अध्यक्ष पूर्णबहादुर खड्कामार्फत केन्द्रीय समितिका सदस्यहरूलाई उपलब्ध गराउने र त्यसको अध्ययन गरी सुधारका लागि आवश्यक पहलकदमी लिइने पनि महामन्त्री थापाले प्रतिबद्धता जनाए ।
उनले ‘कांग्रेसको विचार’ लाई एउटा इभेन्टको रूपमा मात्र सीमित नराखेर युवाहरूको भावना समेट्ने अभियानका रूपमा लैजान पनि आयोजकलाई सुझाव दिएका थिए ।
महामन्त्री शर्माले अहिलेको विषम अवस्था किन आयो र कसरी समाधान खोज्न सकिन्छ भन्ने चिन्ता र चासो जनाउँदै प्रज्ञावान् युवाहरूले मन्थन गरेर तयार पारेको ‘सुधार प्रस्ताव’ ले कांग्रेसलाई मार्गनिर्देश गर्न सघाउने विश्वास व्यक्त गरे ।
पार्टी र पार्टी अन्तर्गतका संस्थाहरूमा पदीय जिम्मेवारीमा नरहे पनि आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरिरहेका लोकतन्त्रप्रति आस्थावान युवाहरूले स्वस्फूर्त देखाएको यो भावनात्मक ऐक्यबद्धताले विद्यमान सन्दर्भमा नेतृत्वदायी भूमिका खेल्न कांग्रेसलाई प्रेरित गर्ने पनि महामन्त्री शर्माको भनाई थियो ।
प्रदीप गिरि इन्स्टिच्यूटका कञ्चन झा, युथ कांग्रेस नेपालका अध्यक्ष यजश्वी राई, फिल्म निर्माता मीन भाम, नेपाली युवा नेता सचिन तिमिल्सिना लगायतले ‘सुधार प्रस्ताव बुझाएको हो ।
भेलाबाट आएका सुझावहरू आत्मसात हुनसक्यो भने नेपाली कांग्रेसलाई मात्र नभई समग्र देशकै निम्ति फलदायी हुने आयोजकको विश्वास छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।