अनेरास्ववियुको कडरियाको राजीनामा स्वीकृत, अध्यक्षमा धामी र महासचिवमा शिवाकोटी मनोनित

२०८२ मङ्सिर ०१ सोमवार
सारांश
  • सोमबार बसेको अनेरास्ववियुको बैठकले अध्यक्ष कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दिपक धामीलाई अध्यक्ष चयन गरेको छ ।

काठमाडौँ, १ मङ्सिर । नेकपा एमाले निकट अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियालाई हटाएको छ ।

 

सोमबार बसेको अनेरास्ववियुको बैठकले अध्यक्ष कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दिपक धामीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै अनेरास्वियुले उपाध्यक्ष अन्जना शिवाकोटीलाई महासचिव बनाएको छ ।

 

कडरियाले जेनजी आन्दोलनको समयमा भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा दिएपनि केहि दिन अघि जिम्मेवारीमा फर्किएको बताएका थिए । कडरियाले अनेरास्ववियुको निर्णयपछि सामाजिक सञ्जालमा सो निर्णय स्वीकार गर्दै आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएको बताएका छन् । उनले भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएको भन्दै निर्णयको सम्मान गर्ने बताएका छन् ।

 

उनले यससँगै, विद्यार्थीको हक–हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको बताउदै यस प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप नगरेको र हाम्रो सार्वभौम कमिटीको सर्वसम्मतिले पारित गरेको निर्णयलाई उल्लासपूर्वक पालना गर्न देशभरका सबै देशभक्त विद्यार्थीसमक्ष अपिल समेत गरेका छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार