एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दै

२०८२ कार्तिक २९ शनिवार
सारांश
  • नेकपा एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ ।

काठमाण्डौ, २८ कार्त्तिक । नेकपा एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ ।

 

एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो ।

 

एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न, भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न र तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेको छ ।

 

यसअघि एमालेले कार्तिक २५ गते देशभरका स्थानीय तहमा प्रदर्शन र सभा गरेको थियो । एमालेले मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गर्ने घोषणा गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार