- प्रवक्ता मनिष झाका अनुसार सचिवालय सदस्य परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई राजीनामा पत्र बुझाएर पार्टी छोडेको जानकारी गराएका हुन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेका छन् ।
प्रवक्ता मनिष झाका अनुसार सचिवालय सदस्य परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई राजीनामा पत्र बुझाएर पार्टी छोडेको जानकारी गराएका हुन् ।
परियारले राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजना बनाएको जानकारी गराएको प्रवक्ता झाले बताएका छन् । परियार विघटित प्रतिनिधि सभामा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए । पुर्व सांसद सुमना श्रेष्ठपछि पार्टी छोड्ने परियार दोस्रो उच्च तहका नेता हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’