युवा संघका नेताहरु भन्छन्: हामी देश बचाउँछौं, जलाउनेहरु लखेटिन्छन्

२०८२ कार्तिक २३ आइतवार
सारांश
  • राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको सुनाए ।

 

काठमाडौं : नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेताहरुले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् ।

 

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको सुनाए ।

 

अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू पनि सँगै लिएर अगाडि बढ्ने पनि बताए ।

 

नेपाल न्यूज बैकंसँगको कुराकानीमा एमालेका ऐजेण्डाहरु अनुसार देश बचाउनका लागि आफूहरु केन्द्रीत रहेको बताए । उनले देश जलाउनेहरूलाई आफुहरु नसमेट्ने पनि बताए ।

 

‘युवा संघसँग धेरै एजेन्डाहरु छन् । तर देशको वर्तमान परिस्थितिलाई समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्दैछौं ।  पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू लिएर अगाडि बढिरहेका छौं ।  एमालेले देश बचाउनेको रक्षा गरेर हिडेको छ र देश बचाउनेको नेतृत्व गरेको छ । देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौँ । देश बचाउने सम्पूर्ण जेन्जीहरूलाई समेटेर अभियान लिएर अगाडि बढेका छौँ,’ उनले भने  ।

 

उनले ४६ साल पछिको राजनीतिक परिवर्तनपछि महत्त्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैँ तयार रहेको बताए । अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने ०४६ पछिको सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे ।

 

उनले भ्रष्टचार विरुद्धको नारा सबैभन्दा पहिला एमालेले उठाएको भन्दै जेनजीको माग पनि आफुहरुबाटै उठ्न सुरु गरेको दावी गरे ।

उनले लुसिफर दलालहरूले देश खरानी बनाउने प्रयत्न गरेको बताए । भदौ २४ गते देश बचेको भएपनि त्यसपछि पनि आन्दोलन लम्बाएर देश जलाउने प्रयत्न भएको बताए ।

 

त्यस्तै नेकपा एमालेका केद्रीय सदस्य राजिव पहारीले एमालेले संसद पुनःस्थापनाको निम्ति आन्दोलनलाई अगाडि बढाउने जन दबाब सिर्जना गर्ने बताए ।

 

‘अहिले नेकपा एमालेले संसदको पुनःस्थापनाको निम्ति आन्दोलनलाई र जनदबाबलाई अगाडि बढाउने र पार्टीलाई पुनः व्यवस्थित गर्नको निम्ति महाधिवेशनलाई अगाडि लैजाने सोचमा छ । योजनामा छ । त्यही ढंगबाट अगाडि बढेका छौँ,’ उनले भने ।

त्यस्तै राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बालेन शाह र सुदन गुरुङ्गले नै सिंहदरबारदेखि नेपालको सार्वजनिक सम्पत्ति जलाएर नाश गरेको आरोप लगाए ।

 

बालेन र सुदनलाई वर्तमान सरकारले कारवाही नगरेतापनि भोलिको दिनमा आउने दलीय सरकारले नछाड्ने चेतावनी दिए ।

‘हामीले खुल्लम खुल्ला भनिरहेका छौँ–बालेन, सुदनहरूले नै सिंहदरबार, संसद भवन राष्ट्रपति कार्यालय जलाएका हुन् । यिनीहरूलाई आज सरकारले त कारबाही गर्दैन् । तर भोलिको दिनमा दलीय सरकारले कारवाही गर्छ नै । यदी चुनाव भयो भने दलै आउने हो । त्यसबेला उनीहरु कहीं भाग्न सक्दैनन् ।’

 

उनले यतिबेला बालेन र सुदन खुल्ला रुपमा हिँडेपनि भोलिका दिनमा कानूनी कठघरामा उभ्याएरै चेतावनी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार