दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो: अध्यक्ष ओली नै हो

२०८२ कार्तिक २३ आइतवार
सारांश
  • बैठकले प्रतिशोधको भावनाले सरकारले ओलीलाई स्थान हद गर्ने, बयान लिने, पक्राउ गर्ने, हिड्डुल र राजनीतिक गतिबिधिमा अवरोध गर्ने तयारी गरेकोमा आपत्ति प्रकट गर्दै त्यसको प्रतिरोध गर्ने निर्णय समेत गरेको छ ।

दोलखा : एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो ।

 

साथै बैठकले प्रतिशोधको भावनाले सरकारले ओलीलाई स्थान हद गर्ने, बयान लिने, पक्राउ गर्ने, हिड्डुल र राजनीतिक गतिबिधिमा अवरोध गर्ने तयारी गरेकोमा आपत्ति प्रकट गर्दै त्यसको प्रतिरोध गर्ने निर्णय समेत गरेको छ ।

 

बैठकले ओली अध्यक्षमा रहिरहनु पर्छ भन्ने निर्णय गर्दै भनेको छ- 'नेकपा एमालेको अभिभावकको रुपमा रहेको राष्ट्रवादी नेता केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ ।'

साथै बैठकले विगतमा एमालेमा रहेर योगदान गरेका नेता कार्यकर्तालाई गर फर्किन पनि आव्हान गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार