कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन् ःमन्त्री खरेल
२०८२ कार्तिक २० बिहिवार
- बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् ।
बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् ।
छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए ।
कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे ।
‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव हुनुहुँदैन् । यदी त्यो कतैबाट भइरहेको छ भने त्यो अन्त्य हुनुपर्छ । जगदिश खरेल यो कुरामा एकदमै प्रतिबद्ध छ ।’ उनले भने,
त्यस्तै, उनले बाँकी पाँच महिनामा चलचित्र क्षेत्रको हितको लागि मन्त्रालय र मन्त्रिपरिषद्बाट पहल गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘यो पाँच महिनामा मन्त्रीले पोलिसीको विषयमा कति के गर्नुपर्छ, जसले गर्दा समग्र चलचित्र क्षेत्रको हित हुन्छ । त्यो नीति ल्याउनुहोस् कार्यनीति ल्याउनुहोस् । तपाईहरुको कुरा ऐनमा नै व्यवस्था गर्ने मेरो चाहाना छ । देश र जनताको हित र चलचित्र क्षेत्रको हित अर्को यी दुईवटा सर्त छ मेरो यति हुने सहमति गरेर आउनुहोस् म मन्त्रिपरिषद्बाट अगाडि बढाउन तयार छु ।’
त्यस्तै, कार्यक्रममा कलाकार जितु नेपालले नेपालको सेन्सर बोर्डलाई अलि सहज बनाउन माग गरे ।
सेन्सर लगाएर विभिन्न दृश्यहरु सिनेमाबाट हटाउनुपर्ने समस्या रहेको बताउँदै उनले विकृति विसंगति विरुद्ध बनाइने सिनेमामा नराम्रा पात्रहरुलाई पनि देखाउनुपर्ने भएकाले सेन्सर लगाएर अनावश्यक दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
उनले भने, ‘सिनेमा भनेको विकृति विसंगति विरुद्ध बनाइने कुरा हो । त्यहाँ भएका नराम्रा पात्रहरुलाई पनि हामीले देखाउनुपर्ने हुन्छ । त्यसैले यस्तो देखाउनै पाइदैन् भन्ने कुराले धेरै दृष्यहरु काटिने गरेको छ । विदेशीले ल्याएर देखाएको फिल्म चाँही जस्तो भएपनि देखाउँछौं, हेर्छौ पनि अनि हामीले देखाउने कुरामा सेन्सर लगाउने कुरा छ । सिनेमालाई फरक तरिकारले हेर्नुपर्छ जस्तो लाग्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’