प्रचण्डले प्रतिबद्धता जनाएपछि सम्मेलनमा आए- खनाल

२०८२ कार्तिक १९ बुधवार
सारांश
  • नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले आफुले पार्टी फुटोस भन्ने कहिले नचाहेको बताउदै नयाँ संकल्प लिएर अगाडी बढ्नुपर्ने बताए ।

काठमाडौं : झलनाथ खनालले आफ्ना कुरा सम्बोधन गर्ने प्रचण्डको प्रतिबद्धतापछि आफु एकता राष्ट्रिय सम्मेलनमा आएको बताएका छन् ।

 

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले आफुले पार्टी फुटोस भन्ने कहिले नचाहेको बताउदै नयाँ संकल्प लिएर अगाडी बढ्नुपर्ने बताए । 

 

उनले भने- म केहि ढिलो आएकै हो । ढिला आउनुको केहि कारणहरु छन् । मैले प्रचण्डलाई सबै कुरा भनेको छु । हामी त्यो कुरा मिलाउछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । म त्यहि विश्वासको आधारमा केहि रिजर्भेसन भएपनि एकतामा बल पुर्याउन यहाँ आएको हो ।'

 

नेता खनालले संसद भवन, सर्वोच्च अदालत र नेताहरुका घर जलाइएपनि नेपाली जनताको क्रान्त्रिकारी भावना कसैले जलाउन नसक्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार