महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्दै, काउन्टर दिने तयारीमा संस्थापन
२०८२ कार्तिक १८ मङ्गलबार
- विवादकै बीचमा आज दिउँसो १ बजेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन् । महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेपछि संस्थापन पक्षले पनि उनलाई काउन्टर दिने गरि कार्यतालिका पेश गर्ने बताइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसमा महाधिवेशन गर्ने विषयमा बढेको विवाद जारी रहेको समयमा आज केन्द्रीय समितिको बैठक बस्दैछ ।
विवादकै बीचमा आज दिउँसो १ बजेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन् । महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेपछि संस्थापन पक्षले पनि उनलाई काउन्टर दिने गरि कार्यतालिका पेश गर्ने बताइएको छ ।
महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच विवाद हुदा यसअघि शुक्रबार र आइतबार बैठक नबसी स्थगित भएको बैठक आज बस्न लागेको हो ।
यसबीचमा भएका विभिन्न छलफलमा संस्थापन पक्षले फागुन २१ को निर्वाचन पछि महाधिवेशन गर्ने अडान लिएका छन् भने महामन्त्रीद्वयसहित इतर पक्षले सकेसम्म छिटो महाधिवेशन गर्नुपर्ने बताउदै आएको छ ।
कांग्रेसको अहिलेको केन्द्रीय समितिको पदावधि मङ्सिर महिना भित्र सकिदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।