हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश निरौलाको इजलासमा

२०८२ कार्तिक १८ मङ्गलबार
सारांश
  • सोमबार सर्वोच्च आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै शाक्यले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको हो ।

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिटको पेसी न्यायाधीश नृपध्वज निरौलाको इजलासमा तोकिएको छ ।

 

सोमबार सर्वोच्च आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै शाक्यले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको हो ।

 

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गर्दै उनको ठाउमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

 

जेनजी आन्दोलनपछि घिसिङ सरकारमा उर्जासहित तीन मन्त्रालयको मन्त्री बनेका घिसिङले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगमा पठाउने निर्णय गराएका थिए । शाक्यमाथि उर्जामन्त्री कुलमान घिसिङले प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार