प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गरे- जनार्दन शर्मा

२०८२ कार्तिक १८ मङ्गलबार
सारांश
  • मंगलबार पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका शर्माले चण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाउदै महाधिवेशन गर्न छोडेर एकताको नाटक गरेको बताए ।

काठमाडौं : माओवादी नेता जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् । 

 

मंगलबार पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका शर्माले चण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाउदै महाधिवेशन गर्न छोडेर एकताको नाटक गरेको बताए ।

 

उनले भने- 'माओवादी आयोजक समितिको रूपमा रहेको थियो । तर, क्षेत्राधिकार क्षेत्र बाहिर गएर एकताको नाटक गरियो । आयोजक समितिले महाधिवेशन गर्नुपर्ने थियो । तर, महाधिवशेन टार्नलाई एकताको नाटक गरियो ।'

 

साथै शर्माले प्रचण्डले आफ्नो स्वार्थकेन्द्रित समूहलाई वरिपरि राखेर पार्टीलाई बर्बाद बनाएको आरोप लगाए । उनले भने- 'यो एकताले देशलाई न निकास दिन्छ, न जनताको समर्थन प्राप्त गर्नेछ। पार्टी एकताको नाममा अहिल्यै भद्रगोल सुरू भइसक्यो। हजारौंका समिति बनिहेका छन्। त्यसले विधिहीनताको सुरुवात गर्नेछ ।'

 

शर्माले आफुहरुले नयाँ पार्टी नखोल्ने भन्दै 'प्रगतिशील अभियान नेपाल' को घोषणा गरेका छन् । उनले यस अभियानमा सबै वर्ग, जाति र लिंगलाई समेटेर नयाँ संरचना बनाएर अगाडि बढ्ने बताए । शान्ति प्रक्रियाको बाँकी कामको जिम्मा लिएर आफूहरू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

 

शर्माले समर्थक र कार्यकर्ताको दुरुपयोग गरिएको भन्दै त्यसमा आफुहरुको पनि केगल्ती कमजोरी रहेको भन्दै क्षमा मागेका छन् । शर्माले नयाँ पुस्तालाई पारदर्शीताको सवाललाई अगाडि बढाउन चाहेको भन्दै भ्रष्टाचारलाई मुक्त गर्ने अभियानमा सरिक हुने बताए ।

 

शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्र राम कार्की र अन्जना विशंके पनि उपस्थित थिए

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार