जेनजी आन्दोलन २०८२ समन्वय संघर्ष समितिले सार्वजनिक गर्यो ‘राष्ट्रिय निकास प्रस्ताव’

२०८२ कार्त्तिक ११ मङ्गलवार
सारांश
  • आन्दोलनले राष्ट्र नयाँ युगको प्रवेशद्वारमा रहेको भन्दै सर्वपक्षीय छलफल र ठोस सुधारका पाँच आधारस्तम्भ प्रस्तुत गरेको छ ।

काठमाडौं : जेनजीको आह्वानमा भएको जन आन्दोलन २०८२ समन्वय संघर्ष समितिले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवापलायनकाबीच आज एक निर्णायक दस्तावेज ‘नेपालको वर्तमान संकटको निकास र भावी कार्यदिशा’ शीर्षकको प्रस्ताव सार्वजनिक गरेको छ ।

 

आन्दोलनले राष्ट्र नयाँ युगको प्रवेशद्वारमा रहेको भन्दै सर्वपक्षीय छलफल र ठोस सुधारका पाँच आधारस्तम्भ प्रस्तुत गरेको छ ।

 

जेनजी राष्ट्रिय संयोजन समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक दलहरूको स्वार्थ केन्द्रित प्रवृत्ति, भ्रष्टाचार र दण्डहीनताले जनताको विश्वास संकटमा पारेको छ । अब राष्ट्रको पुनर्जागरण अपरिहार्य छ ।’

 

प्रस्तावमा नेपालको वर्तमान अवस्थालाई ‘दीर्घकालीन अस्थिरता र वैचारिक दिशाहीनताको परिणाम’ का रूपमा चित्रण गर्दै पारदर्शी, जवाफदेही र स्थायी शासन प्रणाली निर्माणको माग गरिएको छ ।

 

जेनजी संयोजक समितिका अनुसार, ‘देश अहिले राजनीतिक अस्थिरता, आर्थिक असमानता र वैचारिक दिशाहीनताको गहिरो संकट’ मा फसेको छ ।

 

विगतका आन्दोलनका उपलब्धिहरू संस्थागत हुन नसक्दा जनतामा राज्यप्रतिको विश्वास कमजोर भएको भन्दै प्रस्तावले तत्काल व्यावहारिक र दूरगामी समाधान खोज्न सबै शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरेको छ ।

 

प्रस्तावमा भनिएको छ, ‘राजनीतिक दलहरू सत्तास्वार्थमा अड्किँदा युवापुस्तामा देशप्रतिको विश्वास हराउँदै गएको छ । अब राष्ट्रिय पुनर्जागरण, विचारगत स्पष्टता र प्रणालीगत शुद्धीकरण नै राष्ट्रिय अनिवार्यता बनेको छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार