- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर गएका छन् ।
काठमाडौं, ११ कार्त्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर गएका छन् । गएराती सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती उपचारका लागि सिंगापुर गएका हुन् ।
गत भदौ २४ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाले छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाको गर्धनमा १२ टाँका लगाइएको थियो । थप उपचारका लागि देउवा दम्पती सिंगापुर गएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आक्रमणमा परेका देउवा दम्पति असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’