दुर्गा प्रसाईसँग तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको छलफल

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • तिनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले उनले गर्ने भनेका आन्दोलनका विषयमा छलफल भएको प्रसाईले जानकारी दिएका हुन् ।

काठमाडौँ : दुर्गा प्रसाईसँग उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल गरेका छन् ।

 

तिनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले उनले गर्ने भनेका आन्दोलनका विषयमा छलफल भएको प्रसाईले जानकारी दिएका हुन् ।

 

प्रसाईले आफुले सरकारले औपचारिक पत्र पाएमा वार्तामा बस्न तयार रहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा राजनीतिक मागका विषयमा सरकारसँग नै वार्ता गर्नुपर्ने आफुले राखेको उनले जानकारी दिएका छन् ।

 

यस अघि प्रसाईले ओली सरकारले नगरेको काम यो सरकारले गरेको भन्दै उनले सरकारले औपचारिक रुपमा वार्तामा बोलाएमा त्यसलाई स्वागत गर्ने बताएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार