कुलमानको प्रष्टीकरण- उज्यालो नेपाल पार्टीमा आवद्ध छैन, गलत प्रचार नगर्नु

२०८२ कार्त्तिक ०६ बिहीवार
सारांश
  • मन्त्री घिसिङले सामाजिक सञ्जालमा लेख्दै उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफुलाई जोडेर प्रकाशन भएका सूचना र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

काठमाडौँ : उर्जामन्त्री कुलमान घिसिङले आफु कुनै पनि पार्टीसँग सम्बन्धित नरहेको स्पष्ट गरेका छन् ।
 

मन्त्री घिसिङले सामाजिक सञ्जालमा लेख्दै  उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफुलाई जोडेर प्रकाशन भएका सूचना र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।  
 

उनले उक्त पार्टीमा आफ्नो आवद्धताका बारेमा कुनै किसिमको छलफल नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा समेत सहभागिता नरहने प्रष्ट पारेका छन् ।
 

उनले भनेका छन्: 
 

उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार