राष्ट्रिय सभा अध्यक्ष र विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता
२०८२ कार्त्तिक ०५ बुधवार
- अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
जेनेभा : राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले जेनेभामा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघ (क्ष्एग्) को १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहेका राष्ट्रिय सभाका अध्यक्ष दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
ब्कष्ब एबअषष्अ न्चयगउ को अध्यक्ष समेत रहेका चिनियाँ नेता ह्गभष्वगल त्ष्बल नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधि मण्डल, ँबदष्बल ज्बmष्तियल नेतृत्वको वेलायती संसदीय प्रतिनिधि मण्डल र क्गलष् िध्बतबनबबि नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो ।
सबै भेटमा राष्ट्रहरूबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य र सहयोग लगायतका विषयमा छलफल भएको थियो ।
अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।
त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरे ।
भेटमा अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’