निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
२०८२ कार्त्तिक ०५ बुधवार
- प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।
माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको दोहोर्याउँदै मतदाता नामावली अद्यावधिक गर्न निर्देशन जारी गरेको समेत जानकारी गराएको थियो। यस्तै, घोषित मितिमा निष्पक्ष धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा राखेको थियो ।
आफूहरुले निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेको उल्लेख गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका अन्य दललाई पनि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको थियो । बैठकमा माओवादी केन्द्रका तर्फबाट नेताहरु पम्फा भुसाल र बर्षमान पुन सहभागी थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’