बालुवाटार बैठक अपडेट: छलफल जारी, दलहरु निर्वाचन केन्द्रित धारणा राख्दै

२०८२ कार्त्तिक ०४ मङ्गलवार
सारांश
  • प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अझै केही समय चल्ने भएको छ ।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको राजनीतिक दलहरुसँगको छलफल जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा १० राजनीतिक दलका प्रतिनिधिहरुसहित दुई जना पर्यवक्षकसमेत रहेका छन् । 

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अझै केही समय चल्ने भएको छ ।  

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार सबै दलले निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राखिरहेका छन् ।

 

निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएका छन् भने सबैको चासो सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने रहेको छ ।

 

छलफलमा एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध नगरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार