‘आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्रीले नै लुकाएको आशंका’
२०८२ कार्त्तिक ०३ सोमवार
- सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो आशंका बलियो बनाएको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको बताएका छन् ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो आशंका बलियो बनाएको बताए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार राजनीतिक दलले सरकारविरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ भन्ने गैर–जिम्मेवार धारणा सार्वजनिक गरेर यो सरकारले शान्ति सुरक्षा कायम गर्न र निर्वाचन सम्पन्न गराउन असक्षम छ भन्ने शंका बढेको पनि उनले बताए ।
जेन–जी आन्दोलनका क्रममा भगाइएका कैदी र लुटिएका हतियारलाई नियन्त्रणमा लिन तत्काल सुरक्षा निकायलाई परिचालन गर्नुको सट्टा अराजकता मच्चाउने, आगजनी गर्ने र लुटपाट गर्नलाई कारबाही नगर्न प्रहरीलाई दबाब दिने गृहमन्त्रीको व्यवहारले उनकै विरुद्ध धेरै प्रश्नहरू खडा भएको पनि उनको भनाई छ ।
उनले हालका गृहमन्त्रीले बारम्बार आफैँ अराजक अभिव्यक्ति दिंदै, हिंसा भड्काउने र समाजलाई उत्तेजित पार्ने खालका भाषण गरेर निर्वाचनको वातावरण बिगारिरहेका भन्दै उनको गतिविधिले निर्वाचनमा शान्ति–सुरक्षाको व्यवस्था गर्न सक्दैन र यो सरकार फागुन २१ मा निर्वाचन गर्ने तयारीमा छैन भन्ने संकेत दिएको पनि बताए ।
डर–त्रासको अन्त्य गर्ने, भयरहित वातावरण सिर्जना गर्ने र कानूनी राज्यको पालना गर्नुको सट्टा उल्टै धम्कीको भाषा बोल्दै हिड्ने गृहमन्त्रीको अराजक शैलीले राष्ट्रिय एकतामाथि आघात पुर्याएको छ र सामाजिक सद्भावमा खलबलको अवस्था सिर्जना गरेको र गृहमन्त्रीको महत्वपुर्ण जिम्मेवारिमा बसेर एथेन्टिक सुचना बिना नेताहरु भागे भनेर भ्रामक हावा समाचार फैलाउदै हिड्नु उनको अफवा को खेति हो भन्ने पुस्टि भएको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’