विपिन जोशी प्रत्येक नेपाली आमाको छोरा हुन्- प्रधानमन्त्री कार्की

२०८२ कार्त्तिक ०३ सोमवार
सारांश
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री कार्कीले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रत्येक नेपाली आमाको छोरा भएको बताइन् ।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशी नेपाली आमाको छोरा भएको बताएकी छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री कार्कीले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रत्येक नेपाली आमाको छोरा भएको बताइन् । उनले भनिन्- 'हामीलाई त लाग्छ नि, विपिन एउटा नेपाली छोरो, हामी सबैको हो । प्रत्येक नेपाली आमाको छोरो ।' उनले हमासको आक्रमणमा पर्ने बेलामा विपिनसहित नेपाली युवाहरूलाई परेको दु:ख र संघर्ष हामीले यहाँ बसेर अनुभव गर्न नसकिने उनको धारणा राखेकी थिइन् ।

 

सोमबार दिउसो विपिनको शव काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम गरिएको थियो ।

 

प्रधानमन्त्री सुशिला कार्कीसहित मन्त्रीहरुले विपिन जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिएका थिए । सो अवसरमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेलसहित उच्च पदस्थहरुले विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

 

आजै विपिनको शव धनगढी लगिने भएको छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

 

इजरायलले आइतबार औपचारिक रुपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाएको हो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार