गोपालमान भन्छन्- राजसंस्थासहित सर्वपक्षीय भेलाबाट समस्याको समाधान खोज्नुपर्छ
२०८२ कार्त्तिक ०२ आइतवार
- नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थासहित सर्वपक्षीय भेलाबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
काठमाडौँ, २ कार्त्तिक । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थासहित सर्वपक्षीय भेलाबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता श्रेष्ठले लोकतन्त्रको नाममा राजनीतिक दललाई एनजिओद्वारा विस्थापित गर्न प्रपञ्च हुँदै गरेको बताउदै राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन-जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता रहेको बताएका हुन् । उनले भने- 'हामीले पाठ सिकेर राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहकार्य गरेर अघि बढ्नुपर्छ । राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेन-जी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ ।’
नेता श्रेष्ठले सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने बताउदै यसका लागि आफुले सक्रिय भूमिका खेल्ने बताएका छन् । आफु माओवादीसँगको शान्ति सम्झौताको समेत हस्ताक्षरकर्ता भएको बताउदै श्रेष्ठले सबै दललाई एक ठाउमा आउन आग्रह समेत गरेका छन् ।
उनले हाल काँग्रेसमा जारी महाधिवेशनको विवादका बिचमा चैतभित्र नियमित महाधिवेशन गर्न प्रस्ताव समेत गरेका छन् । उनले मंसिरमा नियमित महाधिवेशन गर्न सम्भव नहुने बताउदै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने महाधिवेसन प्रतिनिधिको पनि सम्मान गर्दै समाधान खोजिनुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।