- नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन आज पनि बस्दैछ ।
काठमाडौँ, ३ असोज । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन आज पनि बस्दैछ ।
बुधबारदेखि शुरु भएको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठक बिहान ८ बजेदेखि शुरु हुदैछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ भने अहिलेसम्म दुई दिनमा ३६० मध्ये १८४ केन्द्रीय सदस्यले धारणा राखेको गौतमले जानकारी दिएका छन् । गौतमले पहिलो दिन ५० र दोस्रो दिन १३४ केन्द्रीय सदस्यहरुले धारणा राखेको जानकारी दिए ।
धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुले संबिधानको रक्षा र जनाधिकारको रक्षका लागि प्रतिनिधि सभाको पुनर्स्थापना गरेर जानु पर्दछ भन्ने धारणा राखेको गौतमले बताए । साथै लोकतान्त्रिक शक्तिलाई एक ठाउमा ल्याएर निर्णायक तहमा पुर्याउनुपर्ने धारणा केन्द्रीय सदस्यहरुले राखेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुले नेतृत्वको टुंगो महाधिवेशनबाट लगाउनुपर्ने र पुर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नहुने विचार पनि राखेका थिए ।
बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेट भन्दा बढी समय आफ्नो धारणा राख्नुपर्ने भएमा लिखित रुपमा पेश गर्न भनिएको छ । एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ । एमालेको यो बैठक आज सकिदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’