जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त
२०८२ असोज २९ बुधवार
- आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हाल देश भूराजनीतिक चक्रव्यूहमा फसिरहेको र जनताको निर्णय क्षमता कमजोर हुँदै गएको उल्लेख गर्दै, सबै राजनीतिक शक्तिबीच देशलाई केन्द्रमा राखेर ‘वृहद् राष्ट्रिय सहमति’ को खाँचो रहेको बताएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले राजनीतिक स्थायित्वका लागि सबैपक्षीय संवाद र सहमतिको बाटोमा जान सबै शक्तिहरूलाई हार्दिक आह्वान गरेको छ ।
बैठकले वर्तमान राजनीतिक अन्यौलतामा परिवर्तन सम्भव छैन भन्ने ठहर गर्दै, संविधान र निर्वाचन प्रणालीले दीर्घकालीन समाधान दिन नसक्ने धारणा राखेको छ । यद्यपि, राप्रपा भने प्रजातान्त्रिक प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पारेको छ ।
राप्रपाले अध्यक्ष लिङ्देनलाई पार्टीको मुद्दा र राजनीतिक विकल्पका सम्बन्धमा अन्य दल र सरोकारवालासँग संवादको जिम्मेवारी दिएको छ। साथै, पार्टीले छठ पर्वपछि देशव्यापी जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने र त्यस बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने बताइएको छ ।
बैठकले हालैको जेनजी आन्दोलनपछि केही समूहले चन्दा असुली, जलविद्युत आयोजनामा निःशुल्क शेयर माग तथा सार्वजनिक पदाधिकारीमाथि दवावजस्ता अराजक गतिविधि गरिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ । यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन जेनजी पुस्तालाई आग्रह गर्दै राप्रपाले सरकारले यस्ता गतिविधिमा नियन्त्रण गर्न र लगानीमैत्री वातावरण बनाउन पहल गर्नुपर्ने जनाएको छ ।
बैठकले हालको आन्दोलनबाट भौतिक संरचना ध्वस्त र हजारौंको रोजगारी गुमाएकोप्रति दुःख व्यक्त गर्दै, सरकारलाई शिथिल अर्थतन्त्र उठाउन र व्यवसायिक सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ ।
त्यस्तै, इलामसहित देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राप्रपाले पीडितलाई राहत, उपचार, आवास र रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
बैठकले पार्टीको जुम्ला जिल्ला समिति अध्यक्ष वेद बहादुर शाहीसहित चार जना नेताहरूलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ । यसबाहेक, जेनजी आन्दोलनका क्रममा राप्रपाका कार्यकर्तामाथि भएको दुव्र्यवहार र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीभित्र सहयोगको आह्वान पनि गरिएको छ ।
इजरायल–प्यालेस्टाइन युद्धका क्रममा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको हत्या भएको घटनाप्रति पनि राप्रपाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
रिक्त केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू नियुक्त गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।