देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

२०८२ असोज २८ मङ्गलवार
सारांश
  • मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकलाई सम्बोधन गर्दै देउवाले खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

काठमाडौँ :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

 

मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकलाई सम्बोधन गर्दै देउवाले खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

 

साथै देउवाले पार्टीको नियमित महाधिवेशन तोकिएको समयमानै  हुने बताएका छन् । 

 

देउवा निकट नेताका अनुसार उनी उपचारका लागि सिंगापुर जाने तयारीमा समेत रहेका छन् ।

 

आजको बैठकको शुरुमा नै देउवाले आफ्नो लिखित सम्बोधन पढेका थिए । सम्बोधनका क्रममा देउवाले भदौ २३ र २४ गतेको घटनाको छानबिनको माग गरेका छन् । साथै उनले उनले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारसँग माग पनि गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार