कांग्रेस निर्वाचनबाट भाग्दैन् तर सरकारले वातावरण बनाउनुपर्छ : खतिवडा

२०८२ असोज २८ मङ्गलवार
सारांश
  • उनले पार्टी भित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौं : नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन् ।

 

उनले पार्टी भित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन् ।

मंगलबार केन्द्रीय समितिको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी भित्र र बाहिर एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता रहेको औंल्याएका हुन् ।

 

‘हामी केवल कांग्रेस भित्रको एकता मात्र कुरा गरिरहेका छैनौं । संविधान, देश, प्रजातन्त्रलाई स्थिरता बनाउनेक्रममा छौं । अन्य पार्टीहरुसँग सल्लाह गरेर अगाडि बढाउन यस पटकको बैठक एउटा कोशेढुङगाा सावित हुने विश्वास गरेका छौ ।’

 

उनले कांग्रेस एकतावद्ध नभई मुलुकको अहिलेको राजनीतिक अवस्था नसुध्रिने भन्दै संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रीत बनाएर युवापुस्तालाई आकर्षित गराउनुपर्ने बताए ।

 

‘बैठकमा कांग्रेस अझ बढी एकिकृत एवम एकताबद्ध भएर प्रस्तुत हुनेछौं ।  कांग्रेसलाई पहिलो पार्टीका रुपमा लानुपर्नेछ । संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रीत बनाएर युवाहरुलाई आकर्षित बनाउनुपर्ने छ । त्यसैले हामी सबैलाई समेटेर अगाडि जाने प्रयास गर्दैछौ,’ उनले भने ।

 

उनले चुनाव गराउनेगरी सरकार लागे कांग्रेस पछाडि नजाने समेत बताए । साथै, हालको सरकारले देशमा बहुदलीय प्रतिस्पर्धा र राजनीतिक दलहरु छन् भन्ने कुरा बिर्सिएको पनि बताए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार