एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउने एकीकृत समाजवादीको निर्णय
२०८२ असोज २७ सोमवार
- एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउने निर्णय गरेको जानकारी दिएका छन् ।
काठमाडौँ : नेकपा एकीकृत समाजवादीले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउन दशौ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउने निर्णय गरेको जानकारी दिएका छन् ।
त्यस्तै बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र सम्विधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र सम्विधान पक्षधर शक्ति र पार्टीहरुबिच सम्वाद र सहकार्य अघि बढाउने निर्णय गरेको छ ।
साथै प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउदै निर्वाचनको तयारीमा जुट्ने निर्णय पनि भएको ज्वालाले जानकारी दिए ।
त्यसैगरी बैठकले पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३० गते गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरुको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सबैसँग अपिल गर्दै सो काममा सक्रियरुपमा लाग्न पार्टी र जन वर्गीय संगठनका सबै कमिटीहरुलाई निर्देश गर्ने निर्णय गरेको ज्वालाले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्
-
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित
-
राप्रपा विभाजित: नयाँ राष्ट्र्वादी शक्ति निर्माण गर्ने डा. धवलशमशेर राणाको घोषणा
-
संसदमा प्रधानमन्त्री शाहको जवाफप्रति महेश बस्नेतको टिप्पणी
-
राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।