- विहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको भन्दै त्यो नेपाली परम्परा नभइ प्रतिशोधनको परम्परा भएको बताए ।
काठमाडौं : नेकपा एमालेका महासचिव शंखर पोखरेलले सुशीला कार्कीको नेतृत्वको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् ।
विहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको भन्दै त्यो नेपाली परम्परा नभइ प्रतिशोधनको परम्परा भएको बताए ।
उनले भने, ‘सशीला कार्कीको नेतृत्वको सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको छ । गृहमन्त्रीको निर्देशन नेपाली परम्परा अनुसार छैन् । प्रतिशोधनको परम्परा हो भन्ने कुरा हामीले बुझ्नु पर्छ ।’
यस्तै, उनले भदौ २३ गतेको घटनामा अध्यक्ष आफै बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको कु–प्रचार गरेर केपी शर्मा ओलीमाथि हमला गर्ने प्रयास गरेको बताए ।
उनले भने, ‘केपी शर्मा ओलीमाथि निरन्तर हमला भइरहेको छ । भदौ २३ गतेको घटनामा अध्यक्ष आफैं बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको प्रचार गर्ने कु–प्रयासहरु भइरहेको छ । नेपालको इतिहासको विभिन्न कालखण्डहरुमा राज्य र विद्रोहीहरुको बीचमा लडाई भएको समयमा, मानवीय क्षति भएको बेला कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ? आज हाम्रो समाजमा जुन प्रकारको घृणाको राजनीति भइरहेको छ, त्यो हाम्रो परम्परा हो ?’
साथै, उनले गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैँनन् भन्ने कुरा उनको अभिव्यक्तिले देखाइरहेको भन्दै उनी साच्चिनै नेपाल सरकारको गृहमन्त्री हुन् भने संविधान र कानून अन्तरगत अगाडि बढ्न सक्नुपर्ने बताए ।
उनले भने, ‘गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैँनन् भन्ने कुरा उनको अभिव्यक्तिले देखाइ रहेको छ । उनी साच्चिनै नेपाल सरकारको गृहमन्त्री हुन् भने संविधान अन्तरगत, कानून अन्तरगत अगाडि बढ्न सक्नुपर्छ । शान्ति सुरक्षा गृहमन्त्रीको पहिलो प्राथमिकता र कर्तव्य हुनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।