नेताको मात्र सम्पत्ति छानबिन गरेर पुग्दैन: राजेन्द्र लिङदेन
२०८२ असोज २२ बुधवार
- केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको बताएका छन् ।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेताको मात्र सम्पत्ति छानबिन गरेर नपुग्ने बताएका छन् ।
लिङदेनले नेताको परिवार, नातेदार र अन्य निकटसम्मको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताउदै नेताको मात्र छानबिन गरेर नहुने बताएका हुन् ।
उनले नेताहरूको सम्पत्ति छानबिनको माग आफुहरुले लामो समयदेखि गर्दै आएको बिषय भएको उल्लेख गर्दै अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको बताएका छन् ।
उनले भने- 'नेताहरूको सम्पत्ति छानबिनको माँग हामीले लामो समयदेखि गर्दै आएको बिषय हो । अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ । तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’