अख्तियारका प्रमुख राईसहित सबै आयुक्तको राजीनामाको माग गर्दै निवेदन दर्ता

२०८२ असोज २१ मङ्गलवार
सारांश
  • जेनजी मुभमेन्ट एलायन्सले मंगलबार प्रमुख आयुक्त राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिदै अख्तियारको कार्यालय अगाडी पुगेर दबाब दिएको हो ।

काठमाडौं : जेनजीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै दबाब दिएको छ । 

 

जेनजी मुभमेन्ट एलायन्सले मंगलबार प्रमुख आयुक्त राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिदै अख्तियारको कार्यालय अगाडी पुगेर दबाब दिएको हो । एलायन्समा आबद्ध युवारूले काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय पुगेर राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।

 

निवेदनमा उनीहरुले ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ भन्ने उल्लेख छ । सो को बोदार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीलाई समेत दिइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार