- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको दाबी गरेका छन् ।
काठमाडौँ, १३ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट आफूलाई जोगाउन नसकेको टिप्पणी गर्दै वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइएको बताएका छन् ।
उनले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न नसकेको पोखरेलले स्वीकार गरेका छन् । उनले नव युवाहरुको विश्वास जितिने बताउदै ढिलो चाडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने र फर्काइने दाबी गरेका छन् ।
उनले भनेका छन्-
हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ । हाम्रो देश पनि बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक वाटोवाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौ । उनीहरुको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको वाटोवाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ।
ढिलोचाडो मुलुक लोकतन्त्रको जनसार्वभौम वाटोतिर फर्कने छ र फर्काइने छ । नव युवाहरुको विश्वास जितिनेछ । नेकपा(एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि वढ्न प्रतिवद्ध छ र रहनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’