रातो पासपोर्ट बुझाउन रास्वपाका पुर्व सांसदहरुलाई निर्देशन

२०८२ असोज १३ सोमवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पुर्व सांसदहरुलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।

काठमाडौँ, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पुर्व सांसदहरुलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।

 

प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै रास्वपाले आफ्ना पुर्व सांसदहरुलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको जानकारी दिएका हुन् ।

 

त्यस्तै प्रवक्ता झाले सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन दिएको बताएका छन् ।

 

साथै जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा रहेकाले यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिलाई निर्देशन दिइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार