ओली र लेखकसहित पाँच जनालाई विदेश जान रोक्न सिफारिश

२०८२ असोज १२ आइतवार
सारांश
  • साथै समितिले अनुसन्धान गर्न विज्ञहरुको आवश्यक रहेको भन्दै आवश्यक विज्ञ जनशक्तिको माग गर्ने निर्णय गरेको छ ।

काठमाडौँ, १२ असोज । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन र काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सिफारिस गरेको छ ।

 

समितिले जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको र छानबिनको क्रममा कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने हुदा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई सिफारिस गरेको हो ।

 

सिफारिस गरिएकाहरुमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व गृह सचिव गोकर्ण मणि दवाडी, पुर्व राष्टिय अनुसन्धान प्रमुख हुतराज थापा र पुर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल रहेका छन् ।

 

साथै समितिले अनुसन्धान गर्न विज्ञहरुको आवश्यक रहेको भन्दै आवश्यक विज्ञ जनशक्तिको माग गर्ने निर्णय गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार