मेयर्स फोरमद्वारा सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड सहयोगको घोषणा
२०८२ असोज १० शुक्रवार
- असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा जनाएको छ ।
काठमाडौं : काठमाडौं उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा र पुनर्निर्माणका लागि ठोस कदम चालेको छ ।
असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा जनाएको छ ।
फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पु¥याउने प्रयास भएको उल्लेख गरेको छ ।
यस्ता अराजक क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग गर्दै वर्तमान सरकारलाई फोरमले कडा सन्देश दिएको छ ।
सिंहदरबारको पुनर्निर्माणका लागि मेयर्स फोरमले ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यस्तै, काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रुपैयाँ उपत्यका प्रहरी कार्यालयलाई प्रदान गरिने र तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने फोरमले जनाएको छ ।
फोरमले आन्दोलनको क्रममा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, संवैधानिक शासन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताको मागप्रति ऐक्यवद्धता जनाएको छ ।
फोरमले राष्ट्रपतिद्वारा विषम परिस्थितिमा गरिएको पहलको पनि स्वागत गर्दै कृतज्ञता व्यक्त गरेको छ। बैठकमा काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र तीन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू सहभागी थिए ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जन र महासचिव घनश्याम गिरीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहबीचको सहकार्य, समन्वय, असल अभ्यासको आदानप्रदान र नागरिक सेवा प्रवाहमा प्रतिबद्धता जनाइएको छ ।
साथै, सार्वजनिक सम्पत्तिको संरक्षण र संकटको बेला संयमता अपनाउन सबै संघसंस्था, समूह तथा टोल विकास संस्थाहरूसँग एकजुट हुन अपिल गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।