कसैमाथि निर्भर रहनु स्वीकार्य छैन, आत्मनिर्भर हुनुपर्छ :मोदी
२०८२ असोज ०९ बिहीवार
- प्रधानमन्त्री मोदीले बिहीबार उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै भारत आत्मनिर्भर हुनुपर्ने बताउदै अब कसैमाथि निर्भर हुन नहुने बताएका हुन् ।
काठमाडौँ : प्रधानमन्त्री नरेन्द्र मोदीले भारत जस्तो देश अब कसैमाथि निर्भर रहनु स्वीकार्य नभएको बताएका छन् । अमेरिकासँग व्यापार बार्ता भइरहेको समयमा मोदीको यस्तो टिप्पणी आएको हो ।
प्रधानमन्त्री मोदीले बिहीबार उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै भारत आत्मनिर्भर हुनुपर्ने बताउदै अब कसैमाथि निर्भर हुन नहुने बताएका हुन् ।
उनले भने- 'आज, भारत २०४७ सम्ममा विकसित हुने लक्ष्यतर्फ अघि बढिरहेको छ । विश्वमा अवरोध र अनिश्चितताको बावजुद, भारतको वृद्धि प्रभावशाली छ । अवरोधहरूले हामीलाई विचलित गर्दैनन्, यस्तो परिस्थितिमा पनि, हामी नयाँ दिशाहरू फेला पार्छौं ।'
उनले अगाडी भने- 'त्यसैले, यी अवरोधहरूका बीचमा, आज भारतले आगामी दशकहरूको लागि जग बलियो बनाइरहेको छ । यो हाम्रो संकल्प हो, हाम्रो मन्त्र हो, र आत्मनिर्भर भारत हो । चिप्सदेखि जहाजसम्म, हामी भारतमा उत्पादन गर्न चाहन्छौं ।'
भारतले संयुक्त राज्य अमेरिकाबाट ५० प्रतिशत करको सामना गरिरहेको अवस्थामा मोदीले आत्मनिर्भर र आत्मनिर्भर भारतको लागि निरन्तर अपील गरिरहेका छन् ।
पछिल्लो समयमा अमेरिका भारतमाथि लगाएको अतिरिक्त कर हटाउन वार्ता गर्न तम्सिएको छ भने विदेशमन्त्री स्तरमा एक चरणको छलफल पनि भएको छ । अमेरिकाले अतिरिक्त कर लगाएपछि भारतको रुस र चीनप्रति बढेको निकटतापछि अमेरिका लचक भएको विश्लेषण गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’