- बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन ।
विराटनगर : अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन ।
त्यस्तै मन्त्री खनालले प्रदेश संरचना खारेज बारे सोधिएको प्रश्नमा संविधान अनुसार बनेका संरचना खारेज नहुने स्पष्ट गरेका थिए ।
भारत सरकारले जिएसटी गरेको परिवर्तनको नेपालमा असरका बारेमा सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले आम मानिसको धारणा एकातिर भएको र तथ्यांकले क्षति पुग्ने नदेखिएको बताए । उनले कुनै क्षति पुग्ने अवस्था भए सुधार गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’