सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा.महत
२०८२ असोज ०५ आइतवार
- आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए ।
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् ।
आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए ।
अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ ? भन्दै उनले प्रश्न समेत गरे ।
उनले भने,‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, हामी टाढा भएका थियौँ । तर अहिले प्रश्न उठाइरहनुभएका वा तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएका साथीहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । उहाँहरुका बोली, बचन, वक्तव्य, र उहाँहरुको उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले पनि भनेका थियौं, कतिपय कुराहरु ठिक भइरहेको छैन । जुन सोच र शैली ओलीजीले देखाइरहनुभएको छ त्यसले ठिक बाटोमा अघि बढ्दैन भन्नेमा थियौं । तर तुरुन्तै अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै हुँदैन्, एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?
त्यस्तै उनले सभापतिमाथि त्रासपूर्ण आक्रमण भएको बेला जम्मेवार नेताहरु संवेशनशिल हुन नसक्नु दुर्भाग्य रहेको धारणा राखे ।
नयाँ परिस्थितिबारे पार्टीमा गम्भीर छलफल गरेर सुधार गर्नुपर्ने पक्षहरु सुधार गरेर अगागि बढ्ने उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।