प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी

२०८२ असोज ०२ बिहीवार
सारांश
  • परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीमा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन् ।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीमा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन् । कुराकानीका क्रममा प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी गरेकी थिइन् ।

 

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीसँग न्यानो कुराकानी भएको जानकारी दिएका छन् ।

 

कुराकानीमा मोदीले हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई दोहोराएको बताएका छन् । साथै उनले भोलिको राष्ट्रिय दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गरेको उल्लेख गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार