सत्ताधारीको दम्भ र अहंकारले मुलुकले अकल्पनीय क्षति बेहोर्नुपर्यो - नेपाल
२०८२ असोज ०१ बुधवार
- अध्यक्ष नेपालले तत्कालीन सत्ताधारी दलका नेता केपी शर्मा ओली र शेरबहादुर देउवाप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीको दम्भ र अहंकारले जेनजी आन्दोलनका क्रममा मुलुकले अकल्पनीय क्षति बेहोर्नुपरेको बताएका छन् ।
बुधबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले तत्कालीन सत्ताधारी दलका नेता केपी शर्मा ओली र शेरबहादुर देउवाप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
नेपालले जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनहार युवाहरूले शहादत प्राप्त गर्नुपर्यो भने हाम्रो मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन् । उनले जेनजी आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताका चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणाम रहेको कुरा स्वीकार गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्- 'यसका अतिरिक्त कतिपय नेता तथा जनताको जीवनशैलीका बिचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने, नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ ।'
नेपालले आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘निर्वाचनको मिति समेत घोषणा भएको छ । अतः बिना कुनै पूर्वाग्रह इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासन कायम र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्ने एवं युवा पुस्तालाई मुलुकमै बस्न लायक अवसर तथा वातावरण निर्माण गर्न सकेमा मात्र पछिल्लो जेन–जी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।’
अध्यक्ष नेपालले युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राज्य तथा निजी क्षेत्रलगायत समाजका विभिन्न अङ्गसँग हातेमालो एवं सहकार्य गर्न आफू सदैव तत्पर रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।