आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
२०८२ भाद्र ३१ मङ्गलवार
- भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा आज बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना माग प्रस्तुत गरेको हो ।
काठमाडौँ : नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै सम्बन्धित निकायसँग तात्कालिक सहजीकरण गर्न माग गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा आज बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना माग प्रस्तुत गरेको हो ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी हुँदा ठूलो क्षति भएको छ ।
ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारीसाधनका बिलबुक, रोड परमिट र जाँचपासलगायतका कागजात जलेर नष्ट भएको र त्यसले व्यवसायी थप समस्यामा परेको बताउँदै कागजात नष्ट भएर पीडित बनेका व्यवसायीलाई तुरुन्तै वैकल्पिक व्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ ।
यता, प्रदर्शनकै क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुग्दा सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेको विभागले जनाएको छ ।
यसले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको विभागले स्पष्ट गरेको छ ।
व्यवसायीलाई अनावश्यक दुःखकष्ट नदिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहजीकरण गर्न महासंघले जोड दिएको छ ।
दसैँ नजिकिँदै गर्दा मालवाहक ट्रक सञ्चालनमा कुनै अवरोध नहोस् भनेर आवश्यक कदम चाल्न मन्त्रालयलाई आग्रह गरिएको महासंघका महासचिव बानियाँले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।