भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु: कुलमान घिसिङ
२०८२ भाद्र ३० सोमवार
- उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए । उनले जेनजी युवाहरुको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्नु अहिलेको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताएका छन् ।
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए ।
उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए । उनले जेनजी युवाहरुको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्नु अहिलेको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताएका छन् ।
घिसिङले तत्काल डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले अहिले देश संकटमा पनि रहेको अवस्थामा उद्योगीहरुले देशलाई सहयोग गरेको सम्झिएर तुरुन्त डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न पनि आग्रह गरेका छन् ।
घिसिङले पुनर्निमाणको काम तत्काल अगाडी बढाउने, पुनर्निर्माणको लागि हाम्रो सार्बजनिक स्थल हामी आफै निर्माण गरौँ भन्ने अभियान चलाउने बताए । यसका लागि विशेष कोषको व्यवस्था गर्ने र विश्वभर भएका नेपालीसँग सहयोग माग्ने पनि पनि बताए । उनले कोषमा प्राप्त हुने सबै रकमको सहि सदुपयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घिसिङले भ्रष्टाचार पुर्णरुपमा निर्मुल गर्नुपर्ने बताउदै कुनै पनि निकाय र व्यक्तिले भ्रष्टाचार गरेको भेटिएमा कडा भन्दा कडा कारवाही गरिने बताए । भ्रष्टाचार उन्मुलन गर्ने विषयलाई आफुले जीवनमरणको विषयको रुपमा लिएको बताउदै कसैले यसका लागि सहयोग नगरेमा आफु कडा रुपमा प्रस्तुत हुने उनले बताए । साथै उनले पारदर्शितामा कहीबाट प्रश्न आएमा सिधा आएर आफूसँग कुरा राख्न सबैलाई आग्रह समेत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।