प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति, यो नेपालकै दुर्भाग्य- मुख्यसचिव अर्याल
२०८२ भाद्र २७ शुक्रवार
- उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरेर विवरण निकालिने बताए ।
काठमाडौंँ, २७ भाद्र । मुख्यसचिव एकनारायण अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले नयाँ सरकारको काम सिंहदबारबाटै हुने जानकारी दिदै जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट गरेका हुन् ।
अर्यालले अहिले अत्यावश्यक सेवाहरू सञ्चालन हुन थालेको र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताउदै त्यसका लागि सम्बन्धित मन्त्रालय र विभागलाई आवश्यक व्यवस्था गर्न निर्देशनसमेत दिइसकेको बताए ।
मुख्यसचिव अर्यालले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको बताउदै प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको र यो नेपालकै दुर्भाग्य भएको बताए । उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरेर विवरण निकालिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।