संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गर्छौंः प्रधानमन्त्री ओली
२०८२ भाद्र २२ आईतवार
- उनले प्रदेश तथा स्थानीय तहको नेतृत्वमा रहेका पार्टी नेताहरूलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए।
गोदावरी (ललितपुर), २२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गरिने बताएका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्न र जिज्ञासाको जवाफ दिंदै उनले वर्तमान सरकार सात बुँदे सहमतिको जगमा बनेकाले तिनलाई क्रमशः कार्यान्वयन गर्दै जाने बताए। “सुशासनको प्रत्याभूति, निर्वाचन प्रणाली सुधार गर्दै अगाडि बढ्नुपर्ने छ । अनेक प्रकारका बखेडा निकाल्नेभन्दा निष्कर्षमा पु¥याउने गरी काम हुन्छ । समानताको आधारमा राष्ट्रिय एकता, सुशासन र विकासको काम हुन्छ”, प्रधानमन्त्री ओलीले भने ।
उनले धेरै कुरा राजनीतिक प्रस्तावमा सविस्तार उल्लेख गरिएको भन्दै परिपक्वताका साथ काम गरिने स्पष्ट पारे। “प्राप्त सुझावलाई ध्यान दिएर काम गर्नेछौँ । वर्तमान संविधान निकै मिहेनत गरेर हामीले जारी गरेका हौँ । ३१ वटा मौलिक हकका लागि हामीले पैरवी गरेका हौँ । जनताको बहुदलीय जनवादका आधारमा संविधान बनेको हो । बाटो बनाउने बेलामा विरोध हुन्छ, बाटो बनिसकेपछि त्यो बाटोमा हिड्दिनँ भनेर कसैले भन्दैन, हामी देश, जनता र विकासको बाटोमा अगाडि बढिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने।
राजनीतिक प्रतिवेदनमाथि प्राप्त प्रश्न एवं सुझावबारे धारणा राख्दै उनले एमालेमा हिजोको जस्तो परिस्थिति नरहेको र एमाले जवाफदेहिताको केन्द्र तथा प्रतिस्पर्धाको राजनीतिमा रहेको बताए। “अहिले वामएकताको नारा दिइरहेका छन् । हिजो हामीलाई सिध्याउन भनेर हिँडेका हैन ? पार्टी खिइँदै गएर दुई चार जनामा सीमित भएकाहरूलाई फेरि एकताको नारा लगाइरहेका छन् । हामीले फर्मालिन हाल्न किन जानु”, उनले भने।
एमालेसँग गौरवपूर्ण इतिहास, भरलाग्दो वर्तमान र आशालाग्दो भविष्य रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध ‘पपुलिष्ट’ राजनीति गर्नेविरुद्ध किन बोल्न र लेख्न नसकेको भन्दै नेता तथा कार्यकर्तालाई प्रश्न गरे । उनले प्रदेश तथा स्थानीय तहको नेतृत्वमा रहेका पार्टी नेताहरूलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’