- बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।
काठमाडौं: नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।
एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने बताइएको छ ।
यस अघि विधान अधिवेसन बारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको भएपनि अध्यक्ष ओलीको चीन भ्रमणका कारण समय अभाव भएपछि स्थगित गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’